birat ribon

प्रदेश १ को स्थापना दिवस फागुन ३ गते

Neuro
प्रदेश १ को स्थापना दिवस फागुन ३ गते

विराटनगर / प्रदेश १ सरकारले आफ्नो स्थापना दिवस फागुन ३ गते मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारको तीन बर्सेे कार्यकाल फागुन २ गते पुरा हँुदैछ । तेस्रो स्थापना दिवसको अवसरमा फागुन ३ गते स्थापना दिवस मनाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले बताए ।

cura insider

बुधबारको बैठकले निजी फर्म नवीकरणको समयावधि थप गर्ने निर्णय गरेको छ ।
बैठकले अस्पताल सञ्चालनसम्बन्धी सामाजिक विकास मन्त्रालयको प्रस्ताव पास गरेको छ । प्रदेशमा दुई सय बेडसम्मको अस्पताल इजाजत नवीकरणको जिम्मेवारी आएपछि सामाजिक विकास मन्त्रालयले नियमावली बनाएको थियो ।

बैठकले रङ्गेली अस्पताललाई ५० बेडको बनाउँदै प्रदेशमातहत ल्याउनका लागि केन्द्र सरकारसँग अनुमति माग्ने निर्णय पनि गरेको छ ।

jackson ribon