birat ribon

प्रदेशसभा बैठक : पार्टी विभाजनले वैधानिकता नपाएसम्म ओली समूहले चल्न नदिने

Neuro
प्रदेशसभा बैठक : पार्टी विभाजनले वैधानिकता नपाएसम्म ओली समूहले चल्न नदिने

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले पार्टी विभाजनले आधिकारिता नपाएसम्म प्रदेश १ को प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने तयारी गरेको छ । २५ माघमा आह्वान भएको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक सत्तापक्षकै अवरोधका कारण सभामुखले फागुन ९ गतेसम्मका लागि स्थगित गरेका थिए । ९ गतेको बैठक पनि सत्तारुढ ओली समूहले चल्न नदिने तयारी गरेको हो ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विभाजनले औपचारिकता नपाएसम्म बैठकमा अवरोध गरिरहने बताए । ‘फागुन ९ गतेको मात्र होइन्, दल विभक्त नभएसम्म बैठक अवरुद्ध हुन्छ,’ उनले भने, ‘पार्टीको संसदीय दलले १६ जनालाई कारबाही गरेको छ । कारबाहीमा परेका सांसदलाई प्रदेशसभामा प्रवेश गर्ने भए दल विभाजनले आधिकारिता पाउनुपर्छ ।’

cura insider

उनले आफूलाई पार्टीबाट नै बैठक सञ्चालनमा अवरोध गर्नका लागि निर्देशन आएको बताए । ‘माथिल्लो तहले कुनै सहमति गर्‍यो भने बेग्लै कुरा हो,’ उनले भने, ‘मलाई माथिबाट बैठक सञ्चालन गर्न हुन्न भन्ने निर्देशन छ ।’

प्रदेश १ मा गत पुस १२ गते मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहका ३७ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । तर नेपाली काङ्ग्रेसले अविश्वासको पक्षमा उभिने सङ्केत गरेपछि ओली समूह प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने पक्षमा छ ।

२५ गतेको बैठकमा संसद् सचिवालयले अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निकालेको थियो । तर ओली समूहको अवरोधपछि बैठक चल्न पाएन । ‘अविश्वासको प्रस्ताव पहिले संसदीय दलभित्र हालेको भए उहाँहरूले नेतृत्व गर्न पाउनुहुन्थ्यो,’ राजभण्डारी भन्छन्, ‘अर्काे पक्षको प्रक्रिया नै गलत छ ।’

jackson ribon