birat ribon

इस्ट–वेस्ट नेपालको गोदाम सिल

Neuro
इस्ट–वेस्ट नेपालको गोदाम सिल

विराटनगर / विराटनगर– ३ मा रहेको इस्ट–वेस्ट नेपाल प्रालिको गोदाम सिल गरिएको छ । बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त अनुगमनमा गएको टोलीले सो कम्पनीको गोदाम सिल गरेको हो ।

इस्ट–वेस्ट नेपाल प्रालिले बिउबिजनको कारोबार गर्दै आएको छ । मैको प्रालि बम्बईबाट ल्याएको मकैको बिउको म्याद सकिएपछि इस्ट–वेस्ट नेपाल प्रालिले प्याकिङ खोलेर पखाल्दा विषादीयुक्त पानी नालीमा गएपछि माछा, भ्यागुतालगायत प्राणी मरेका थिए ।

cura insider

तरकारी र अन्नको बिउ बिक्री गर्ने सो कम्पनीविरुद्ध परेको उजुरी र गुनासोका आधारमा अनुगमन गर्दा मकैको प्याकिङ खोलेर पखालिरहेको पाइएको वाणिज्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले बताए । ‘विषादीयुक्त पानीले नाली दूषित भएको पाइयो,’ पोखरेलले भने ।

सम्बन्धित फर्मका सञ्चालकलाई सोध्दा सम्बन्धित कम्पनीमा बिउ फिर्ता गर्न लागिएको जवाफ दिएको तर फिर्ता गर्ने सम्बन्धमा आवश्यक कागजपत्र देखाउन नसकेपछि र शङ्कास्पद देखिएकाले सिल गरिएको पोखरेलले बताए । फर्मले आवश्यक प्रक्रिया पूरा गरे सिलबन्दी खोल्ने बारेमा निर्णय गर्ने पोखरेलले बताए ।

पहिला ल्याएको ठाउँमा बिउ फिर्ता गर्न मकै धोएको उक्त फर्मका प्रोपाइटर केदार खड्काले बताए । स्थानीयका अनुसार हप्ता दिनदेखि नालीमा विषादीयुक्त पानी आएपछि वरिपरिको वातावरणसमेत दुर्गन्धित भएको छ ।

jackson ribon