birat ribon

दाँत सिरिङ्ग हुनेले खानु हुँदैन यस्ता खाना

Neuro
दाँत सिरिङ्ग हुनेले खानु हुँदैन यस्ता खाना

विराटनगर / केही चिसो वा अमिलो खाँदा दाँत सिरिङ्ग हुने समस्या सामान्य हो । यो समस्या चिसो मौसममा मात्र नभई हरेक मौसममा देखापर्ने हुन्छ । दाँत किराले खाएको हुँदा, दाँतको प्वाल बढ्दै गएमा, जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा, दाँत खिइँदै जाँदा वा विभिन्न कारणले दाँत सिरिङ्ग हुनसक्छ । चिसो पानी पिउँदा वा गुलियोको सेवनपछि पनि दाँत सिरिङ्ग हुनसक्छ ।

समयमा उपचार गरिएन भने चिसोबाट मात्र नभए तातोबाट पनि दाँत सिरिङ्ग हुन थाल्छ र दुखाइ पनि हुन्छ । तर, त्यस्ता केही खाना छन् जसको सेवनले दाँत सिरिङ्ग गर्ने समस्या निम्त्याउने वा समस्या भएकाहरूमा थप बढाउने हुन्छ ।

cura insider

अमिलो फलफूल : सुन्तला, अङ्गुर, कागती र भुइँकटहरजस्ता सिट्रस फलहरूमा एसिडको मात्रा उच्च हुन्छ । अत्यधिक एसिडिटीको कारण यी साइट्रिक फलको सेवन गर्दा दाँत सिरिङ्ग हुनसक्छ ।

क्यान्डी वा चकलेट : क्यान्डी तथा चकलेटमा चिनीको मात्रा उच्च हुन्छ । क्यान्डी वा चकलेटको सेवनले दाँतमा ब्याक्टेरिया चाँडै बढ्छ र संवेदनशीलताको समस्या उत्पन्न गर्छ । क्यान्डीले दाँतको इनामेललाई पनि बिगार्न सक्छ । जसले दाँत सिरिङ्ग हुने समस्या निम्त्याउन सक्छ ।

आइसक्रिम : आइसक्रिमले दाँतको इनामेललाई ठूलो असर गर्छ । आइसक्रिमको सेवनले दाँतको सुरक्षात्मक तहमा क्षति पु¥याउँछ । दाँत सिरिङ्ग हुन नदिन कुनै पनि मौसममा आइसक्रिम खानु उचित हुँदैन ।

सोडा : सबै प्रकारका सोडामा फास्फोरिक र साइट्रिक एसिड उच्च मात्रामा पाइन्छ । त्यसले दाँत बिगार्न र संवेदनशीलताको समस्या पैदा गर्छ । त्यसकारण सोडायुक्त पेय पदार्थ दाँत सिरिङ्ग हुने समस्याबाट पीडितले सेवन गर्नु हुँदैन ।

jackson ribon