birat ribon

रातिको खाना छोडेर तौल घट्दैन

Neuro
रातिको खाना छोडेर तौल घट्दैन

विराटनगर / मानिसहरू तौल कम गर्न नयाँ–नयाँ तरिका अपनाउने गर्छन् । तौल घटाउन औषधिको प्रयोग गर्ने, डाइटिङ्ग गर्ने, घण्टौँसम्म जिममा पसिना बगाउनेदेखि लिएर विभिन्न उपाय अपनाइन्छ । साथै, धेरैजसो मानिस तौल घटाउन रातमा नखाई पनि सुत्ने गर्छन् ।

Padelux insider
cura insider

तर, राति नखाई सुत्नाले वा खान छोड्नाले छिट्टै पातलो हुने कुरा भ्रम मात्र हो । यसले शरीरमा थप समस्या निम्त्याउन सक्छ । बिहानको ब्रेकफास्ट, दिउँसोको लन्चजस्तै राति खाइने डिनर पनि महत्त्वपूर्ण हुन्छ ।

छिटो तौल घटाउन दिनमा खानुपर्ने मुख्य खानालाई कहिले पनि खान छोड्नुहँुदैन । धेरै व्यक्तिहरूले मुख्य खानालाई खाजा वा सलादका साथ प्रतिस्थापन गर्छन् वा केही पनि खाने गर्दैनन् । यसले अवश्य पनि शरीरमा क्यालोरीको मात्रा कम गर्न मद्दत गर्छ । तर, समान समयमा, लामो समयपछि शरीरले प्रतिक्रिया देखाएर शरीरको ऊर्जा कम हुन थाल्छ ।

बेलुकाको खाना सधैँ पोषण युक्त हल्का, पचाउन सजिलो र क्यालोरीमा पनि कम हुनुपर्छ । डिनरका लागि खाइने भारी खानाले प्रायः मन अशान्त महसुस गराउन र निद्रालाई बाधा पु¥याउन सक्छ । यसले ग्यास्ट्रिकको समस्यालाई पनि जन्म दिन सक्छ । रातको खाना हल्का र फाइबरयुक्त हुनुपर्छ जसले लामो समयसम्म पेट सन्तुष्ट रहन्छ ।

साँझको सात बजेपछि नुन खान कम गर्नुपर्छ । नुनको सेवनले शरीरमा वाटर रिटन्सन बढाउँछ जसले तौल बढाउने काम गर्छ । पोषण विशेषज्ञका अनुसार राति सुत्नुभन्दा तीन घण्टाअघि खाना खाइसक्नुपर्ने हुन्छ । खाना र निद्राको बीचमा राम्रो अन्तराल कायम गर्नु धेरै महत्वपूर्ण हुन्छ । यसलाई नियमित रूपमा पालना गरेमा कहिल्यै पनि रातिको खाना खान छोड्नु पर्दैन ।

jackson ribon