birat ribon

राजनीतिमा इमानको अभाव

Neuro
राजनीतिमा इमानको अभाव
कृष्ण अधिकारी

पानी र राजनीतिमा धेरै फरक छ । काठमाडौँमा धोवीखोला र विष्णमती मिसिँदै बग्ने वाग्मती कति फोहोर छ तर त्यही वाग्मती सर्लाही जिल्लामा पुग्दा सफा र कञ्चन देखिन्छ, मान्छेहरू ढुक्कसँग डुबुल्की मार्छन् पवित्र नदी ठानेर । राजनीति त्यस्तो हुँदैन । राजनीतिको शिर भनेको केन्द्रीय राजनीति हो, ठूला दलहरू छन्, तिनीहरूले चलाएको सरकार हो ।

राजनीतिक पार्टी हाँक्ने नेता दूषित भयो भने सिङ्गै पार्टी क्रमशः दूषित हुँदै जान्छ । कार्यकर्ता दूषित हुँदै जान्छन् । दूषित हुनु भनेको सैद्धान्तिक निष्ठा हराउनु हो । देश र जनताप्रतिको उत्तरदायित्व छोड्नु हो । आर्थिक अपचलन, स्वार्थ, पदीय लोलुपता, नातागोताको पृष्ठपोषण गर्नु, र आफ्ना, दास, भाट र हनुमानको पृष्ठपोषक बन्नु प्रदूषित राजनीतिको नमुना हो ।

cura insider

यो प्रदूषण पार्टीबाट पार्टीको सरकारमा फैलिँदै जान्छ । पार्टीका नेताबाट कार्यकर्तामा फैलिँदै जान्छ । प्रधानमन्त्री प्रदूषित भएपछि मन्त्रीहरूमा सर्छ, सचिवहरूमा सर्छ र मुलुकभरिको कर्मचारीतन्त्रमा यति छिट्टै फैलिन्छ कि जसरी विश्वमा कोरोना फैलियो त्यति नै छिटो प्रदूषण देशव्यापी फैलिन्छ ।

यो प्रदूषण फैलिएपछि के हुन्छ ? इमान सकिन्छ र बेइमानको सत्ता सुरु हुन्छ । भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्र, सुरु हुन्छ । धर्म–संस्कृति मासिन्छ । हत्या, लुट, बलात्कारहरू बढ्छन् । मानवीयता समाप्त हुन्छ । स्वार्थका लागि मान्छेले मान्छे मार्छ ।

लाजै नमानी देशका प्रधानमन्त्रीले भ्रष्टाचारीको बचाउ गर्छन् । भ्रष्टाचारीलाई कारबाही गर्ने निकायमा आफ्ना नजिकका कार्यकर्ता भर्ती गर्छन्, आयुक्त भर्ती गर्छन्, न्यायालय कब्जा गर्छन् । मन्त्री, सचिव र कर्मचारी त्यही बाटो पछ्याउँछन् ।

आज हाम्रो मुलुकमा त्यही प्रदूषण फैलिएको छ । राजनीतिक पार्टीहरू सत्ता र पदीय स्वार्थमा अन्धा भएका छन् । नेताहरू गुट निर्माण गरेर आफ्ना दासहरूको झुण्डको भरण–पोषणमा ताल्लीन छन् । ‘जे–जे बराजु त्यही–त्यही नाति’ भनेजस्तो नेताले गति छाडेपछि के गर्छन् कार्यकर्ता ! सम्भवतः त्यसैले समाजमा राजनीतिक प्रदूषण फैलिँदो छ ।

लाजै नमानी देशका प्रधानमन्त्रीले भ्रष्टाचारीको बचाउ गर्छन् । भ्रष्टाचारीलाई कारबाही गर्ने निकायमा आफ्ना नजिकका कार्यकर्ता भर्ती गर्छन्, आयुक्त भर्ती गर्छन्, न्यायालय कब्जा गर्छन् । मन्त्री, सचिव र कर्मचारी त्यही बाटो पछ्याउँछन् । पछ्याइरहेका छन् । सांसद र मन्त्रीहरू ठान्छन्, ‘देश र जनताका कुरा त चुनावको समयमा गर्ने हो ।’ कर्मचारीहरू ठान्छन्, ‘तलब त हाजिर गरेबापत पाउने हो । कामको लागत सेवाग्राहीले घुस दिनुपर्छ ।’

सुन्न नसकिने शब्द बोल्नेहरूले आफ्नो स्तर बोलिरहेका छन् । आफ्नो बेइमानी बकिरहेका छन् । यस्ताबाट देशको हित होला, जनताको उन्नति होला भनेर ठान्ने कार्यकर्तालाई के भन्ने !

राजनीतिको मुहान प्रदूषित भयो, पार्टी प्रदूषित भयो । नेता, प्रधानमन्त्री र मन्त्रीहरू प्रदूषित भए । कर्मचारीतन्त्र प्रदूषित भयो । समग्र देश नै प्रदूषित छ यतिखेर । सत्ताधारी पार्टी यतिखेर आधा सत्तामा छ, आधा सडकमा छ । पार्टी फुटेको छैन तर व्यवहार फुटेको छ । सिद्धान्त नासिएको छ, मानवीय व्यवहार मासिएको छ । एकले अर्कालाई गालिगलौज गरेका छन् । एउटाले हत्यारा भनेको छ, अर्काले बलात्कारी भनेको छ । सुन्न नसकिने शब्द बोल्नेहरूले आफ्नो स्तर बोलिरहेका छन् । आफ्नो बेइमानी बकिरहेका छन् । यस्ताबाट देशको हित होला, जनताको उन्नति होला भनेर ठान्ने कार्यकर्तालाई के भन्ने !

jackson ribon