विराटनगर । देशभर मङ्गलबार थप एक सय ३४ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ६४ परीक्षण गर्दा थप एक सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ ।
यस्तै आज एक सय १८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार पाँच सय ४९ पुगेको छ ।
हाल एक हजार सात सय ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ४७ पुगेको छ ।