birat ribon

हामीलाई प्रधानमन्त्री पद चाहिएको होइन : प्रचण्ड

Neuro
हामीलाई प्रधानमन्त्री पद चाहिएको होइन : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई प्रधानमन्त्री पद नचाहिएको बताएका छन् ।

Padelux insider
cura insider

बुधबार प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘हामी कहाँ चुक्यौँ भनेर समीक्षा गर्दैछौँ । हामी भ्रष्टाचारमुक्त समाजको, सुशासनको, सामाजिक न्यायको प्रतिबद्धता गर्दैछौँ । हामी त्यसैको निमित्त लड्दैछौँ । हामीलाई प्रधानमन्त्री पद चाहिएको होइन, कुर्सी चाहिएको होइन । हामीलाई नेपाली जनताको हक–अधिकार चाहिएको हो ।’ यसैगरी उनले यो लडाइ केपी ओलीविरुद्धको व्यक्तिगत लडाइ नभएको स्ष्ट पारे ।

यस्तै उनले देशलाई सुन्दर, शान्त र विकसित बनाउनेबाहेक अरू उद्देश्य नभएको बताए । ‘म यो प्रतिज्ञा फेरि पनि दोहोर्‍याउन चाहन्छु कि अब मेरो बाँकी जीवन प्रधानमन्त्री र मन्त्री पदका लागि होइन । देशलाई सुन्दर, शान्त र विकसित बनाउने हो’, उनले भने ।

यसैगरी उनले ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिए । ‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ । प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ,’ उनले भने ।

jackson ribon