birat ribon

ओलीको पालामा सात हजार एक सय ७० चेली बलात्कृत : माधव नेपाल

Neuro
ओलीको पालामा सात हजार एक सय ७० चेली बलात्कृत : माधव नेपाल

काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

बुधबार प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता नेपालले ओलीको शासनकालमा मात्र सात हजार एक सय ७० चेली बलात्कृत भएको बताए ।

cura insider

‘ओलीको शासनकालमा मात्र सात हजार एक सय ७० चेली बलात्कृत भएका छन् । तर, ओली सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । बलात्कृत चेलीको आत्माले समेत ओलीलाई प्रश्न गरिरहेका छन् । ए ओली तिमीले कति जनालाई सजाय दिएका छौ ? ए प्रधानमन्त्री ओली कति जना अपराधीलालाई जेलमा कोचेका छौ ? बलात्कृत चेलीको आत्माले प्रश्न गरिरहेको छन्,’ उनले भनेका छन् ।

jackson ribon