birat ribon

प्रचण्ड–नेपालको सभाको सबै लाइभ एकसाथ बन्द, प्राविधिक समस्या कि सरकारी हस्तक्षेप ?

Neuro
प्रचण्ड–नेपालको सभाको सबै लाइभ एकसाथ बन्द, प्राविधिक समस्या कि सरकारी हस्तक्षेप ?

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभाको सबै अनलाइनको लाइभ एकसाथ बन्द भएको छ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्दैगर्दा एकसाथ सबै अनलाइनका लाइभ बन्द भएका हुन् ।

Padelux insider
cura insider

लाइभ एकसाथ बन्द भएपछि प्राविधिक समस्या कि सरकारी हस्तक्षेप भन्दै प्रश्न उठ्न थालेको छ । हाम्रो मतका प्रधान सम्पादक विवेक गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्राविधिक समस्या कि सरकारी हस्तक्षेप भन्दै प्रश्न गरेका छन् ।

‘प्रचण्ड–नेपाल नेतृत्वको सभाको सबै अनलाइनको लाइभ एकसाथ बन्द भएको छ । प्राविधिक समस्या कि सरकारी हस्तक्षेप ?’, उनले लेखेका छन् ।

यसैगरी नयाँ पत्रिका राष्ट्रिय दैनिकका पत्रकार गणेश लम्सालले लेखेका छन्, ‘नेकपा प्रचण्ड–माधव समूहको काठमाडौँमा भइरहेको विरोधसभामा नेता माधव नेपालले बोल्दै गर्दा सबै लाइभ एकैचोटी अवरुद्ध भयो । यो के भएको हो ?’

jackson ribon