काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम एपिएफले फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा साविक विजेता एपिएफले चन्द्रपुर नगरपालिकालाई ८–० गोलले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एपिएफका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले छ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
यससँगै एपिएफले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले लगातार आठ खेलमा जित निकालेको छ । शीर्ष स्थानको एपिएफले २४ अङ्क जोडेको छ ।
चन्द्रपुरसँग भने छ अङ्क छ । ऊ छैटौँ स्थानमा छ ।