birat ribon

लामो समयसम्म थकान हुनेले यी कुरामा ध्यान दिन जरुरी

Neuro
लामो समयसम्म थकान हुनेले यी कुरामा ध्यान दिन जरुरी

विराटनगर / कहिले काहीँ निद्रा नपुगेको बेलामा वा अत्यधिक काम गर्दा थकित हुनु समान्य मानिन्छ ।

Padelux insider
cura insider

तर, उचित निद्रा पाउँदा, स्वस्थ खाना खाँदा वा केही पनि काम नगर्दासमेत थकित महसुस हुन्छ भने यो समस्या हुनसक्छ । थकान अक्सर पोषणको कमी, शारीरिक गतिविधिको अभाव र खराब जीवनशैलीसँग सम्बन्धित छ, थकानको निरन्तर भावना वास्तवमा एक सिन्ड्रोम हुन सक्छ । दीर्घकालीन थकान वा क्रोनिक फ्याटिग सिन्ड्रोमले स्थायी र लगातार थकान गराउन सक्छ ।

यो एक जटिल समस्या हो र यो समस्या बढ्दै गएमा सामान्य लागिने थकान छ महिना वा सोभन्दा बढीसम्म रहनसक्छ । यस प्रकारको थकान शारीरिक र मानसिक गतिविधिसँगै बिग्रँदै जान्छ र आरामसँग पनि सुधार हुँदैन । दीर्घकालीन थकान सिन्ड्रोम सामना गर्न गाह्रो हुन सक्छ तर शारीरिक कार्यलाई सुधार गरेर र केही सरल जीवनशैली परिवर्तन गरेर यसको उपचार गर्न सकिन्छ ।

निद्रा : क्रोनिक फ्याटिग सिन्ड्रोमबाट पीडित केही व्यक्तिलाई निद्रा नलाग्ने र अनिद्राबाट पनि ग्रस्त हुन्छन् । यो स्वाभाविक हो । शरीरले उचित आराम नपाउँदा थकान महसुस हुन्छ । लामो समयसम्मको थकानको उपचार गर्नका लागि पहिले आफ्नो निद्रा तालिकालाई ठीक गर्नु आवश्यक हुन्छ ।

भिटामिन डी : शरीरलाई विभिन्न कार्यहरूका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण पोषक तत्वमध्ये भिटामिन डी एक हो । थकानको उपचार गर्न र उर्जाको स्तर बढाउन भिटामिन डीले ठूलो भूमिका खेल्छ । आहारमा अधिक भिटामिन डी भएको खाना समावेश गर्नुका साथै दैनिक केही समय घाममा बस्नु उचित हुन्छ ।

पोषणयुक्त खाना : मानव शरीरको लागि ऊर्जाको प्राथमिक स्रोत भनेको खाना हो । लामो समयसम्म थकानबाट पीडित भएकाले आफ्नो आहारमा एकदम ध्यान दिन महत्त्वपूर्ण हुन्छ । फ्याटी, फ्राइड र जङ्क फुड तथा गुलियो पदार्थलाई त्यागेर स्वस्थ पोषणयुक्त खानाको छनौट गर्नुपर्छ ।

व्यायाम : व्यायामले झन् थकान हुन्छ भन्ने सोच हुन्छ । तर, वास्तवमा यो विपरित हुन्छ । व्यायामले समयको साथ शक्ति र उर्जा बढाउन मद्दत गर्छ । व्यायाम थेरापीले लामो समयसम्मको थकानबाट पीडित भएको मानिसलाई मद्दत गर्छ ।

jackson ribon