birat ribon

अबको चुनावमा ओलीको जमानत जफत हुन्छ : वरिष्ठ नेता खनाल

Neuro
अबको चुनावमा ओलीको जमानत जफत हुन्छ : वरिष्ठ नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएका छन् ।

Padelux insider
cura insider

बुधबार प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता खनालले अबको दुई वर्षपछि चुनाव हुने बताउँदै उक्त चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने बताए ।

‘प्रधानमन्त्री ओलीले केही समयअघि निर्धारित समयमा चुनाव हुने र आफ्नो दुईतिहाइ आउने बताउनुभयो’, भगेँराको कथा सुनाउँदै नेता खनालले भने, ‘भगेँराको खुट्टा जस्तै हो उहाँका कुरा । अब दुई वर्षपछि देशमा चुनाव हुन्छ । अबको चुनावमा उहाँको दुईतिहाइ होइन जमानत जफत हुनेछ ।’

उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।

गत २३ गते नारायणहिटी संग्राहलय अगाडि आयोजित आफू पक्षीय कार्यक्रमा ओलीले आमसभा कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरेका थिए । त्यसको प्रतिवाद गर्दै खनालले प्रदर्शनी मार्गमा भएको आमसभामा आउन आग्रह गरेका हुन् ।

‘केपी ओलीले केही दिनअघि दरवारमार्ग अगाडि केही हजार मान्छे भेला गरेर ल हेर्नुस् सभा कस्तो हुन्छ ? यो कास्टिङ मात्रै हो । अझै सभा कस्तो हुन्छ देखाउनै बाँकी छ भनेका थिए’ खनालले भने, ‘केपी ओली जी र केपी ओलीका समर्थक साथीहरू सभा कस्तो हुन्छ ? आउनुस् प्रदर्शनी मार्ग हामी आमसभा देखाउन तयार छौं। नेपाली जनता देखाउन तयार छन् ।’

jackson ribon