birat ribon

बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न सक्दैन : झाँक्री

Neuro
बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न सक्दैन : झाँक्री

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छन् ।

Padelux insider
cura insider

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चिरहण गर्नेविरुद्ध र सर्वसत्तावादविरुद्ध बोल्न पाइने बताएकी हुन् ।

अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने उनको भनाइ छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उनले बताइन् ।

नेतृ झाँक्रीले आफूले राष्ट्रपति संस्था शिरमाथिको संस्था भएकाले राष्ट्रपति संस्थाविरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गरी निरंकुशताको साक्षी बस्छ भने त्यस्तो पात्रविरुद्ध बोल्न पाइने उनको भनाइ छ ।

उनले एउटा खलपात्रका विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । नेतृ झाँक्रीले अहंकारी र सन्की प्रधानमन्त्रीको व्याधा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।

jackson ribon