birat ribon

ओलीले चुनाव नगर्न यो चुनाव घोषणा गरेका हुन् : नारायणकाजी

Neuro
ओलीले चुनाव नगर्न यो चुनाव घोषणा गरेका हुन् : नारायणकाजी

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव वास्तविक चुनाव नभएको बताएका छन् ।

Padelux insider
cura insider

बुधबार प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता श्रेष्ठले आगामी बैशाखका लागि तय भएको चुनाव वास्तविक चुनाव नभएको बताएका हुन् ।

‘हामी चुनावको पक्षमा छौँ तर कुन चुनाव ?’, उनले प्रश्न गर्दै भने, ‘संविधानलाई लागू गर्ने चुनाव ? चुनाव चाहिन्छ । तर यो चुनाव वास्तविक चुनाव होइन । यो त चुनाव नगर्नका लागि घोषणा गरिएको चुनाव हो । यो त केपी ओलीले चुनाव नगर्नका लागि घोषणा गरेका हुन् । यस्तो चुनावको हामी धज्जी उडाउँछौँ ।’

jackson ribon