birat ribon

यी १२ लक्षण देखिए कोभिड परीक्षण गराउनुपर्ने

Neuro
यी १२ लक्षण देखिए कोभिड परीक्षण गराउनुपर्ने

विराटनगर / कोभिडको परीक्षण कोरोना भाइरसको सङ्क्रमण र सक्रिय सङ्क्रमित पत्ता लगाउने उपयोगी उपाय हुन् ।

लक्षण भएका होस् वा नभएका, परीक्षणहरूले सक्रिय सङ्क्रमितको पुष्टि गर्न मद्दत गर्छ । बिरामीहरूको द्रुत र तत्काल उपचारको सुविधाका साथै यसले भाइरसको फैलावटलाई पनि रोक्न मद्दत गर्छ । कोभिड सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएको खण्डमा वा कोभिडका असहज लक्षण विकास गर्न थालेमा यसको लागि जाँच गर्नुपर्छ ।

cura insider

लन्कासायर काउन्टी काउन्सिलका जनस्वास्थ्य तथा कल्याण निर्देशक डा. करुणानिथीका अनुसार कोभिडका मुख्य तीनवटा लक्षण नभए पनि फरक पर्दैन । टाउको दुख्नु पनि कोभिडको उत्परिवर्तन हुने सङ्केत हुन सक्छ । कोरोना भाइरसका लक्षण रुघाखोकी, एलर्जी वा सामान्य फ्लुजस्तो हुने हुँदा यसले भ्रम पैदा गराउन सक्छ । अब बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको नयाँ उत्परिवर्तनका साथ बेलायतका जनस्वास्थ्य अधिकारीले यी १२ लक्षण देखिए कोभिड परीक्षणको आवश्यकता हुन सक्छ :

– ज्वरो तथा शरीर काप्न थाल्ने
– लगातार खोकी
– गन्ध वा स्वादमा परिवर्तन हुनु वा हराउनु
– लगातार टाउको दुख्ने
– सास फेर्न गाह्रो हुनु
– थकान
– झाडापखाला
– वाकवाकी वा बान्ता
– मांसपेशी तथा जोर्नीको दुखाइ
– घाँटीको दुखाइ– कफ जमेकोजस्तो महसुस हुनु वा नाक बगिरहने समस्या

लिभरपुल जनस्वास्थ्य प्राधिकरणका म्याथ्यु एस्टनले जनसङ्ख्याको ठूलो अनुपातलाई खोप नलगाएसम्म परीक्षणले भाइरसलाई नियन्त्रणमा राख्न ठूलो भूमिका राख्छ । कोभिड परीक्षण गरेर रिपोर्ट पोजेटिभ आउँदा रिपोर्ट नेगेटिभ नभएसम्म सबैबाट अलग अर्थात् आइसोलेसनमा बस्नुपर्छ । पूर्ण रूपमा निको नभएसम्म लक्षणलाई ध्यानमा राख्दै घरका अन्य सदस्य तथा घरपालुवा जनावरसँगको सम्पर्कबाट टाढा रहनुपर्छ ।

साथै, यसको रोकथामका लागि हालसम्म प्रयोग गर्दै आएका मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिनेलगायतका सबै सावधानीका उपाय अपनाउन सल्लाह दिइएको छ ।

jackson ribon