birat ribon

लायन्स क्लब र गुड अटोमोबाइलद्वारा बृहत रक्तदान

Neuro
लायन्स क्लब र गुड अटोमोबाइलद्वारा बृहत रक्तदान

काठमाडौँ / लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्स, ग्लोबल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स, लियो क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्स र गुड अटोमोबाइलद्वारा संयुक्तरुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Padelux insider
cura insider

धुम्बराहीस्थित पिपलबोट चोकमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ हिमाल हस्पिटलसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । गुड अटोमोबाइलको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय, लायन्स पदाधिकारी, लियो पदाधिकारी तथा गुड अटोमोबाइलका कर्मचारी, ग्राहक तथा मेकानिक्सलगायत झन्डै सय जनाभन्दा बढीले रक्तदान गरेको लायन दीपक थापाले जानकारी दिए ।

गुड अटोमोबाइलको स्थापना दिवसको विशेष अवसरमा सो कार्यक्रम गरिएको थियो भने रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई सम्मानका साथ प्रमाणपत्र वितरणसमेत गरिएको गुड अटोमोबाइलका प्रबन्ध निर्देशक नीमा शेर्पाले जानकारी दिए ।

jackson ribon