birat ribon

युभेन्टसले उपाधिका लागि नापोली र अटलान्टाबीचको विजेता टोलीसँग खेल्ने

Neuro
युभेन्टसले उपाधिका लागि नापोली र अटलान्टाबीचको विजेता टोलीसँग खेल्ने

विराटनगर / कोपा इटालियामा सर्वाधिक धेरै १३ पटकको विजेता टोली युभेन्टसले फाइनलमा स्थान बनाएको छ । मङ्गलबार राति सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१ गोलको जित निकाल्दै युभेन्टस उपाधि नजिक पुगेको हो ।

गए राति युभेन्टसको मैदानमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगको खेलमा २–१ गोलको जित निकालेका कारण घरेलु टोली युभेन्टस फाइनलमा पुगेको हो ।

cura insider

त्यसअघि युभेन्टसले एसपिएएल तथा इन्टरले एसी मिलानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

अब, युभेन्टसले उपाधिका लागि अटलान्टा र नापोलीबीचको विजेतासँग खेल्नेछ । आज राति सेमिफाइनलको दोस्रो लिगअन्तर्गत यी दुई टोलीले खेल्दैछन् । पहिलो लेगमा गोलरहित बराबरी खेलेका कारण आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि युभेन्टससँग खेल्नेछ ।

कोपा इटालियाको फाइनल खेल १९ मेमा हुनेछ ।

jackson ribon