birat ribon

खुट्टाको घाउ चिर्दा गम्भीर इन्फेक्सन, १४ वर्षीय बालकको उपचारमा आर्थिक अभाव

Neuro
खुट्टाको घाउ चिर्दा गम्भीर इन्फेक्सन, १४ वर्षीय बालकको उपचारमा आर्थिक अभाव

विराटनगर / आर्थिक अवस्था कमजोर भएका कारण बालकको उपचारमा समस्या भएको छ । भोजपुर पौवादुम्बा गाउँपालिका–१, श्यामशिलाका १४ वर्षका सञ्जीव कार्कीको उपचारमा समस्या भएको हो ।

Padelux insider
cura insider

घरमा खेल्ने क्रममा खुट्टामा सामान्य चोटपटक लागेपछि स्थानीय अस्पतालमा उपचार गराउन जाँदा घाउ ठूलो भएका कारण विराटनगर लैजान सुझाव दिएका थिए । तर विराटनगर आउने क्रममा उर्लाबारीमा मेडिकल व्यवसायी गर्दै आएका छिमेकीले सामान्य हो म आफैँ ठिक पार्दिन्छु भनेर घाउ चिरिदिएका थिए ।

त्यसपछि इन्फेक्सन भएर बालकको अवस्था गम्भीर बन्दै गएको थियो । बालकको दुइटै खुट्टामा इन्फेक्सन भएपछि डाक्टरले काट्नुपर्ने सुझाव दिएका थिए । अहिले उनको शरिरको अन्य भागको मासु काटेर सर्जरी भइरहेको बताइएको छ ।

डाक्टरको सल्लाहअनुसार दैनिक ड्रेसिङ गरिरहेको बालककी आमा सीता कार्कीले बताइन् । उनले भनिन्, ‘सामान्य अवस्थामा घरबाट उपचारका लागि पठाएको छोरोको अवस्था गम्भीर भएपछि विराटनगरको लाइफगार्ड, घरानको घोपामा उपचार गरिएको थियो । अहिले बालकको विराटनगरको बूढीगङ्गास्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।’

आर्थिक अवस्था कमजोर भएका कारण अहिले छोराको उपचारमा समस्या भएको आमा सीता कार्कीले बताइन् । बालक असोजदेखि उपचारार्थ छन् । उनको उपचारमा अहिलेसम्म १३ लाखभन्दा बढी खर्च भइसकेको कार्कीले बताइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सीताले सहयोगको अपिल गरेकी छन् । सहयोग गर्न इच्छुकले बालककी आमा सीता कार्कीलाई ९८२९३७१०७० मा सम्पर्क गर्न सक्नुहुन्छ ।

jackson ribon