birat ribon

ग्यास्ट्रिकबारे भ्रम हटाउने यसका केही तथ्य

Neuro
ग्यास्ट्रिकबारे भ्रम हटाउने यसका केही तथ्य

विराटनगर / ग्यास्ट्रिक दैनिक जीवनमा देखिने सबैभन्दा सामान्य गुनासोमध्ये एक हो ।

Padelux insider
cura insider

सबैले ग्यास्ट्रिक भएको वा पेटमा दुखाइ बढ्दै गएको अनुभव पक्कै पनि गर्ने गरेका छौँ । मानिसहरू धेरै पटक ग्यास्ट्रिकको समस्याबाट पीडित भए पनि यसबारेमा सबै कुरा जानकार छैनन् र उनीहरूमा धेरै प्रकारको भ्रमसमेत हुने पाइएको छ । ग्यास्ट्रिक अन्य रोगजस्तो खतरनाक नभए पनि यसलाई समयमा निको नपारेको वा उपचार नगरे यसले अल्सर तथा क्यान्सरको रुप लिन सक्छ ।

यो रोगलाई धेरैजसो समान्य सोचेर बेवास्ता गरिन्छ । रोगबारे फैलिएका सामान्य भ्रम हटाई यसको तथ्य बुझ्न सकिन्छ ।

भ्रम : सिट्रस फलफूलले ग्यास्ट्रिक हुनसक्छ ।
तथ्य : सिट्रस फलहरूले पेटको एसिडिटी बढाउँदैन जुन ग्यास्ट्रिकको कारण हो । एसिडिक फलफूलले ग्यास्ट्रोइसेफेगल रिफ्लक्सको समस्यालाई असर गर्न सक्छ, (खाना पेटबाट मुखमा फर्कन थाल्छ) र माथिल्लो पेटमा जलन, असुविधा, पेट फुल्ने समस्याजस्ता लक्षणहरु पैदा हुन सक्छ ।

भ्रम : ग्यास्ट्रिक तनावका कारण हुन्छ ।
तथ्य : मानसिक स्वास्थ्यले ग्यास्ट्रिकको दुखाइलाई तीव्र बनाउने वा बिगार्न सक्छ । तर, लामो समयसम्म हुने ग्यास्ट्रिक तनावको कारण हुन्छ भन्ने पर्याप्त चिकित्सा प्रमाण छैनन् । चिन्ता, नराम्रो स्वभाव र अत्यधिक खुसीले अस्थायी रूपमा पेटबाट एसिड स्राव बढाउन सक्छ र यसले माथिल्लो पेटमा तीव्र पीडा थप्न सक्छ जसले केही समयका लागि ग्यास्ट्रिकको समस्या हुनसक्छ ।

भ्रम : खाना नखानु वा भोकाएर बस्नु ग्यास्ट्रिकको कारण हुनसक्छ ।
तथ्य : खाना छोड्दै तथा लामो समयसम्म नखाई बस्नाले पेटको रसले पेटको भित्तामा जलन पैदा गर्न सक्छ । धेरै भोकाएको बेलामा धेरै खाना खान गरिन्छ, जसले पाचन प्रणालीलाई असर गर्न सक्छ । त्यसैले, दिनको पाँचदेखि छ पटक थोरैथोरै खाना खान उत्तम हुन्छ ।

भ्रम : धुम्रपानले पेटलाई नभएर फोक्सोलाई मात्र हानी गर्छ ।
तथ्य : धेरै व्यक्ति धुम्रपानलाई ग्यास्ट्रिकको साथ जोड्दैनन्, तर निकोटिन र सिगरेटमा हुने अन्य विषले पेटमा हाइड्रोक्लोरिक एसिडको उत्पादन बढाउँछ, जसले ग्यास्ट्रिक हुनसक्छ । धुम्रपानले फोक्सो मात्र नभएर एसोफेजियल, प्यानक्रियाटिक र पेटको क्यान्सरको प्रत्यक्ष कारण हो ।

भ्रम : बच्चाहरूलाई ग्यास्ट्रिक हुँदैन ।
तथ्य : ग्यास्ट्रिक जोकोहीलाई पनि हुनसक्छ । उमेर, लिङ्ग वा सामाजिक–आर्थिक स्थितिलाई ध्यान दिएर हेर्दा ग्यास्ट्रिक जोकसैलाई पनि हुनसक्छ ।

भ्रम : दुखाइ कम गर्ने औषधिले ग्यास्ट्रिक निको हुन्छ ।
तथ्य : दुखाइ कम गर्ने औषधि तथा एन्टिबायोटिकले पेटलाई कमजोर बनाउन सक्छ । पेट दुख्छ भने पनि दुखाइ कम गर्ने औषधि केवल कहिलेकाहीँ लिनुपर्छ । धेरै व्यक्ति ग्यास्ट्रिक कम गर्न यस प्रकारको दुखाइ कम गर्ने औषधि लिन्छन्, तर यसले समस्यालाई थप बढावा दिइरहेको हुन्छ ।

भ्रम : ग्यास्ट्रिक हुँदा धेरै पानी पिउनु पर्छ ।
तथ्य : शरीरलाई पानी आवश्यक हुन्छ तर, पानी धेरै पिएका कारण ग्यास्ट्रिक निको हुन्छ भन्ने हुँदैन । शरीरलाई चाहिनेभन्दा अत्यधिक पानी पिएमा यसले पेटको पिएच स्तरमा असर गरी ग्यास्ट्रिकको समस्या थप बढाउन सक्छ ।

jackson ribon