birat ribon

बार्सिलोना र सेभिल्ला भिड्दै

Neuro
बार्सिलोना र सेभिल्ला भिड्दै

विराटनगर / स्पेनिस कोपा डेल रेअन्तर्गत आज सर्वाधिक धेरै पटकको विजेता बार्सिलोनाले सेभिल्लाविरुद्ध खेल्दैछ । बार्सिलोनाले नेपाली समयअनुसार आज राति १ः४५ बजे कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगअन्तर्गत सेभिल्लाको सामना गर्न लागेको हो ।

सेभिल्लाको मैदानमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनलको दाबेदारिता प्रस्तुत गर्ने दाउमा हुनेछन् । सेमिफाइनलका दुवै लेगमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

cura insider

यस खेलमा मार्टिन ब्रेथवेट, मिरालेम पियानिक र सर्जियो डेस्ट हुने छैनन् । मङ्गलबार बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले सेभिल्लासँग खेल्ने टोली घोषणा गर्दा उनीहरूलाई टोलीबाहिर राखेका हुन् । सो टोलीमा चोटका कारण तीनै खेलाडी टोलीमा हुनेछैनन् ।

कोइम्यानले इलाइक्स मोरिया, एलेक्स कोलार्ड र कोन्राड डी ला फ्लुयन्टेलाई टोलीमा समावेश गरेका छन् । उनीहरूले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्दैछन् ।

बार्सिलोना सर्वाधिक ३० पटकको विजेता टोली हो । सेभिल्लाले भने पाँच पटक कोपा डेल रेको उपाधि जितेको छ ।

यसअघि बार्सिलोनाले ग्रानडामाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकाे हो भने सेभिल्लाले अल्मेरियासँगकाे खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेकाे हो ।

jackson ribon