birat ribon

एक सय १७ वर्षकी महिलाले जितिन् कोरोना

Neuro
एक सय १७ वर्षकी महिलाले जितिन् कोरोना

विराटनगर / युरोपकै सबैभन्दा बढी उमेरकी महिलाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेकी छिन् ।

Padelux insider
cura insider

दक्षिणी फ्रान्सको टौलोनस्थित वृद्धाश्रममा एक सय १७ वर्षीया लुसाइल ¥यान्डनले कोरोना भाइरसको सङ्क्रमणलाई जितेकी हुन् । १६ जनवरीमा उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । सन् १९४४ मा सिस्टर एन्ड्रेको नाम लिएकी उनमा सङ्क्रमणको कुनै पनि लक्षण देखिएको थिएन । उनी अरू स्थानीयवासीसँग छुट्टिएर आइसोलेसनमा बसेकी थिइन् ।

उनले आफूलाई कोभिड हुँदासमेत डर नलागेको बताएकी थिइन् । अहिले उनी पूर्ण रूपमा निको भइसकेको छिन् । दृष्टिविहीन एन्ड्रे बिहीबार आफ्नो जन्मदिन मनाउने भएकी छन् । यस वर्ष अरूबेलाभन्दा कम मानिसको उपस्थितिमा उनको जन्मदिन मनाइने छ । सिस्टर एन्ड्रे सन् १९०४ को ११ फेब्ररीमा जन्मिएकी थिइन् । उनी युरोपकै वृद्ध महिला हुन् ।

त्यस्तै, जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार उनी विश्वकै दोस्रो बढी उमेरकी मानिस हुन् । विश्वकै सबैभन्दा बढी उमेर भएको व्यक्ति जापानको केन तनाका हुन् जो २ जनवरीमा १ सय १८ वर्ष पुगेकी थिइन् । जेरोन्टोलोजी रिसर्च ग्रुपको सूचीमा विश्वका २० सबैभन्दा बढी उमेरका व्यक्तिहरू सबै महिला हुन् ।

jackson ribon