birat ribon

परिवारसँग बसेर खाना खानुका फाइदा

Neuro
परिवारसँग बसेर खाना खानुका फाइदा

विराटनगर / स्वस्थ र सन्तुलित खाना खानु महत्त्वपूर्ण छ भनेर हामी सबैलाई थाहा छ । पौष्टिक खाना खानुपर्छ भन्ने महत्त्व बुझे पनि खाने तरिकामा ध्यान दिनुपर्ने कुरा हामी बिर्सिरहेका हुनसक्छौँ ।

Padelux insider
cura insider

परिवारसँग बसेर खाना खानुको तुलनामा टिभीको अगाडि खाना खाँदा वा तनावग्रस्त भएर खाना खाँदा खाना खाएर पेट भरे पनि शरीरमा आवश्यक पोषण स्थानान्तरण हुन सक्दैन । एक्लै हँुदा समयमै खाना खाँदा, खानाको अग्रिम तयारी गर्दा वा स्वस्थ खाना खाए पनि यो समग्र स्वास्थ्यका लागि कम प्रभावकारी हुन्छ ।

विज्ञहरूका अनुसार परिवारका सबै मानिससँगै बसेर खाना खाने समय सबैभन्दा आधारभूत र बारम्बार गरिरहनुपर्ने कार्यमध्ये एक हुनुपर्छ । जामा नेटवर्क ओपनमा हालसालै प्रकाशित एक अध्ययनअनुसार परिवारसँग खाना खाँदा किशोरहरूले सागपात तथा फलफूल खाने सम्भावना बढी र गुलियो र फास्ट फुड खाने सम्भावना कम हुन्छ ।

क्यानाडाली अनुसन्धानकर्ताले बारम्बार पारिवारसँग बसेर खानाले इटिङ डिसअर्डर, मदिरा तथा लागुपदार्थको प्रयोग, हिंस्रक व्यवहार, डिप्रेसन र किशोरावस्थामा आत्महत्या गर्ने विचारलाई रोक्न सक्छ । जर्नल अफ पेडियाट्रिक्समा प्रकाशित एक अध्ययनले किशोरावस्थामा हप्तामा कम्तिमा एक वा दुईपटक परिवारसँग बसेर खाना खानाले बच्चाहरूमा भविष्यमा हुने तौलसम्बन्धी समस्याबाट जोगाउन सकिन्छ ।

स्ट्यान्फोर्ड बाल स्वास्थ्यका अनुसार, परिवारसँग बसेर दिनहुँ सँगै खाना खाँदा यसले बच्चालाई आफैँमा बढी सहज महसुस गर्न मद्दत गर्छ । यस समयमा, आफ्ना बच्चालाई उनीहरूको दिनका बारेमा कुरा गर्न, खाना पकाउन, पस्कन तथा सफा गर्नलगायतका कुरामा प्रोत्साहन गर्न सकिन्छ ।

jackson ribon