birat ribon

कोरोनाको उत्पत्ति वुहानको ल्याबबाट भएको होइन : डब्लुएचओ

Neuro
कोरोनाको उत्पत्ति वुहानको ल्याबबाट भएको होइन : डब्लुएचओ

विराटनगर / विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस ल्याबबाट लिक नभएको दाबी गरेको छ ।

Padelux insider
cura insider

भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको डब्लुएचओको विज्ञ टोलीले भाइरस ल्याबबाट लिक भएको भन्ने सिद्धान्त खारेज गरेको हो । टोलीका प्रमुख डा. पिटर बेन इमबारकले वुहानको ल्याबबाट भाइरस लिक हुनु असम्भव भएको र, भाइरसको उत्पत्तिको स्रोत पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको बताएका छन् ।

अहिलेसम्मको अध्ययन अनुसन्धानअनुसार यो भाइरस जनावरबाटै मानिसमा सरेको हो तर, कसरी सरेको भन्ने हालसम्म पत्ता लागिनसकेको टोलीको भनाइ छ । इमबारकले वुहानमा चमेराबाट कोरोना सङ्क्रमण फैलिने किसिमको अवस्था पनि नरहेको बताएका छन् । सन् २०१९ मा पहिलो पटक देखिएकोभन्दा पहिला नै कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने बताइएको छ ।

टोलीले कोरोनाको उत्पत्ति वुहानमा नभई अर्कै मुलुकमा भएको हुनसक्ने बताएका छन् । यसबारे यकिन भइनसकेको भए पनि सङ्क्रमणको प्रसार भने फ्रोजन फुडको ओसारपोसारबाट भएको हुनसक्ने अनुमान गरिएको छ । फ्रोजन फुडको माध्यमबाट सङ्क्रमण फैलिएको हो वा होइन भनेर पत्ता लगाउन यसबारेमा अनुसन्धान हुँदै छ ।

कोरोनाको उत्पत्तिबारे पूर्णरुपमा जानकारी पाउन अझै अनुसन्धान जारी रहने छ ।

jackson ribon