birat ribon

निर्मलको ‘जुटौं अब…’ को म्युजिक भिडियो सार्वजनिक

Neuro
निर्मलको ‘जुटौं अब…’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ / अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौँ अब त उठौँ अब त’को भिडियो सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रूपमा समेटिएको छ । मूलतः भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भू–भाग नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टि गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा रेकर्ड गरिएको यो गीतमा सङ्गीत पनि गायक स्वयमको रहेको छ । यसका रेकर्डिस्ट भने मुस्कान बलमपाकी हुन् । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको सङ्गीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका छन् ।

jackson ribon