birat ribon

क्यान्सर के हो ? कसरी बच्ने ? ( भिडियो)

Neuro
क्यान्सर के हो ? कसरी बच्ने ? ( भिडियो)

विराटनगर । शरीरमा हजारौँको सङ्ख्यामा कोशिका हुन्छन् । शरीरको विकासको क्रममा कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जान्छन् । कोषिकाहरू बढेर शरीरका अन्य भागमा एक ठाउँबाट अर्को ठाउँमा सर्दै फैलिने क्रमलाई क्यान्सर भनिन्छ ।

क्यान्सरलाई सामान्यता दुई प्रकारले बुझ्न सकिन्छ । एउटा रगतसम्बन्धी क्यान्सर हुनसक्छ र अर्को रगतबाहेकका शरीरमा हुने अन्य अङ्गमा क्यान्सर हुनसक्छ । रगतको क्यान्सरका साथै, फोक्सो, आन्द्रा, मुख तथा महिलाहरूमा पाठेघर तथा स्तनका क्यान्सर शरीरमा देखिनेमध्ये केही क्यान्सर हुन् ।

cura insider

क्यान्सरको जोखिम सबै उमेर समूहलाई हुन्छ । तर, कुनै क्यान्सर उमेरका कारण पनि हुनसक्छ । बच्चाहरूमा प्रायः रगतसम्बन्धी क्यान्सर हुनसक्छ । उमेर बढ्दै गएसँगै कलेजो, आन्द्रा र बोसेआन्द्रा सम्बन्धित क्यान्सर हुने जोखिम धेरै हुनसक्छ । त्यस्तै, प्रायः महिलामा महिनावारी रोकिने समयमा वा रोकिइसकेपछि पाठेघरसम्बन्धी क्यान्सर हुने सम्भावना अधिक हुने विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका क्यान्सर रोग विशेषज्ञ सुलभ सापकोटा बताउँछन् ।

क्यान्सर लागेर समयमा उपचार गरी पूर्णरूपमा निको भएमा बिरामीको आयु सामान्य मानिसजस्तो र मानिस स्वस्थ पनि हुनसक्छ । (भिडियाे अन्तरवार्ता)

jackson ribon