birat ribon

घरपालुवा कुकुर र बिरालोको पनि कोरोना परीक्षण हुने

Neuro
घरपालुवा कुकुर र बिरालोको पनि कोरोना परीक्षण हुने

विराटनगर / दक्षिण कोरियामा घरपालुवा कुकुर र बिरालोको पनि कोरोना परीक्षण हुने भएको छ ।

Padelux insider
cura insider

दक्षिण कोरियाको राजधानी सियोलमा घरपालुवा कुकुर र बिरालोमा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएको खण्डमा कोरोना परीक्षण हुने सियोल शहरको स्थानीय प्रशासनले जनाएको हो । केही हप्ताअघि दक्षिण कोरियामा पहिलो पटक एउटा बिरालोमा कोरोना भाइरसको सङ्क्रमण भएको भेटिएपछि यस्तो निर्णय लिइएको हो ।

भाइरसको मानव क्यारियरको सम्पर्कमा आएपछि ज्वरो, सास फेर्न गाह्रो भए वा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएका घरपालुवा जनावरमा परीक्षण हुनेछ । र, जनावरमा सङ्क्रमण भएको पुष्टि भए उनीहरूलाई घरमा नै क्वारेन्टिनमा राखिनेछ । तर, घरपालुवा जनावरहरूको मालिक कोभिडका कारण अस्पतालमा भर्ना भएका छन्, धेरै बिरामी वा हेरचाह गर्न नसक्ने छन् भने ती जनावरलाई सहरको क्वारेन्टाइनमा राखिनेछ ।

मानिसबाट जनावरमा भाइरस फैलिएको हुनसक्ने अनुमान लगाइएको छ । तर, अहिलेसम्म जनावरबाट मानिसमा कोरोना भाइरस सङ्क्रमण भएको कुनै प्रमाण भेटिएको छैन । बिरालो भने भाइरसको वाहक हुनसक्ने र सङ्क्रमित बिरालोले अन्य बिरालोलाई भाइरस फैलाउन सक्ने बताइएको छ ।

jackson ribon