birat ribon

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, हिमापात र वर्षाको सम्भावना

Neuro
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, हिमापात र वर्षाको सम्भावना

विराटनगर / अब चिसो सकिएर गर्मी हुन थाल्ने अनुमान गरिएका बेला नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ ।

Padelux insider
cura insider

वायुको प्रभावका कारण थप केही चिसो महसुस गर्न थालिएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै केही दिनदेखि मौसम सफा भएर चिसो कम हुँदै गइरहेको थियो । तर मुलुकमा अचानक वायुको प्रभाव दोहोरिएका कारण मंगलबार रातिबाट अचानक मौसममा परिवर्तन हुँदा थप चिसो भएको छ ।

पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म हिमपात र वर्षा हुनसक्ने पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार (आज) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ ।

मौसममा भएको बदलीसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।

आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यका धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । बिहानसम्म सफा रहेको मौसम ६ः३० बजेतिरबाट धुम्म बनेको हो । ८ बजेपछि भने क्रमस हुस्सु खुल्दै गइरहेको छ । हुस्सु र चिसो हावाका कारण जाडो बढ्दा तराईमा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

उच्चपहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा विहानपख हुस्सु र कुहिरो लागिरहँने एवं चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

jackson ribon