birat ribon

काठमाडौँमा आज दोस्रो शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह

Neuro
काठमाडौँमा आज दोस्रो शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह

विराटनगर / आन्दोलनरत सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार) काठमाडौँमा दोस्रो पटक शक्ति प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सडकमा निस्किएर विरोधसहित आन्दोलन गरिरहेको यो समूहले यसअघि पनि काठमाडौँमा बृहत् शक्ति प्रदर्शन गरेको थियो । त्यसलाई काउन्टर दिन ओली समूहले पनि यही माघ २३ गते प्रदर्शन गर्‍यो ।

cura insider

भृकुटीमण्डपमा आज हुने विरोधसभालाई अध्यक्ष दाहाल, नेता नेपालसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनका लागि विभिन्‍न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार विरोधसभाअघि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरूको नेतृत्वमा जुलुस निकालिनेछ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा सङ्घ र प्रदेशका सांसदले गर्नेछन् । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य र सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् । जमलबाट निकाल्ने जुलुसमा नेतृत्व लीलामणि पोखरेलले गर्ने छन् । सँगै केन्द्रीय कमिटी सदस्य, पेसागत सङ्गठन हेर्ने केन्द्रीय सदस्य, पेसागत सङ्गठन हेर्ने केन्द्रीय सदस्यले जुलुसमा सहभागिता जनाउने छन् ।

jackson ribon