birat ribon

अमेरिकामा तीन करोड ६० लाखले लगाए कोरोनाविरुद्धको खोप

Neuro
अमेरिकामा तीन करोड ६० लाखले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर / कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन करोड ६० लाखभन्दा बढी नागरिकले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।

Padelux insider
cura insider

खोप प्राप्त गरेको सङ्ख्या अमेरिकाको जम्मा जनसङ्ख्याको १० प्रतिशत हो । कोरोना महामारीलाई पूर्णरुपमा अन्त्य गर्नको लागि विश्वमा खोप अभियान तीव्र रुपमा अगाडि बढिरहेका बेला सबैभन्दा बढी कोरोनाविरुद्धको खोप सर्वसाधारणलाई उपलब्ध गराउने मुलुक अमेरिका बनेको छ । अमेरिकामा हालसम्म चार लाख ७९ हजार तीन सय ६७ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । दुई करोड ७७ लाख ८९ हजार आठ सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

बेलायत विश्वमा धेरै खोप लगाउने दोश्रो राष्ट्र बनेको छ । बेलायतमा अहिलेसम्म एक करोड १४ लाख मानिसले खोप लगाइसकेका छन् । पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिइरहेको बेलायतमा हालसम्म ३९ लाखभन्दा बढी जनसङ्ख्यामा कोरोना पुष्टि भइसकेको छ ।

युरोपका केही धनी राष्ट्रहरुको सूचीमा रहेका देश खोपको दौडमा पछि परेका छन् । जर्मनीमा अहिलेसम्म तीन प्रतिशतभन्दा कम जनसङ्ख्यालाई खोप लगाइएको छ । खोपको मामिलामा पछाडि परेका कारण युरोपेली संघको आलोचना पनि भएको छ ।

स्पेनमा अक्सफोर्ड र एस्ट्राजेनेकाको पहिलो खोप पुगेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार, यसै हप्तामा खोपको १.९६ लाख डोज पुगेको छ । यसको साथै स्पेनमा छिट्टै खोप लगाउन सुरुवात हुने भएको छ ।

स्पेनमा यस महिना कुल १८.१० लाख खोप लगाउने तयारी गरिएको छ । एस्ट्रेजेनेका, फाइजर र मोडर्नाको खोपलाई पनि अनुमति दिइसकेको छ । तीन वटै खोपको करिब ४० लाख डोज लगाइने भएको छ ।

स्पेनमा ४.६७ करोड जनसंख्या मध्ये २९.७१ लाखमा कोरोना पुष्टि भइसकेको छ । जसमा ६१ हजार तीन सय ८६ मानिसको मृत्यु भइसकेको छ ।

इटाली नयाँ रेड जोन बनेको छ । इटालीमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकी भेरियन्टका सङ्क्रमित भेटिएपछि नयाँ रेड जोन बनाइएको छ । इटालीमा मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । मानिसहरुलाई महत्वपूर्ण काम र मेडिकल बाहेक बाहिर जान अनुमति दिएको छैन ।

इटालीमा करिब २५ लाख मानिसलाई खोप दिइसकिएको छ । विश्वमा अहिलेसम्म दश करोडभन्दा धेरै मानिस कोरोनाबाट सङ्क्रमित बनिसकेका छन् । २३ लाख ३० हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गइसकेको छ ।

jackson ribon