birat ribon

आङ सान सुचीको पार्टी मुख्यालयमा सेनाले गर्यो तोडफोड

Neuro
आङ सान सुचीको पार्टी मुख्यालयमा सेनाले गर्यो तोडफोड

विराटनगर / म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको पार्टी मुख्यालयमा त्यहाँको सरकारी सेनाले तोडफोड गरिदिएको छ ।

Padelux insider
cura insider

राज्य सत्ता कब्जा गरेर आफ्नो हातमा लिएको सेनाले सुचीको पार्टी कार्यालयमा तोडफोड गरेर क्षति पुर्याइदिएको हो । सुचीलाई सेनाले आफ्नो नियन्त्रणमा लिएर नजरबन्दमा राखेको छ । नेतृ सुचीलाई नजरबन्दमा राखिरहेकै बेला पार्टी मुख्यालयमा आक्रमण गरी सरकारी सेना विद्रोहीजस्तो स्वभाव देखाएर तोडफोड र हिंसात्मक गतिविधीमा उत्रिएको हो ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले बहुमत (८३ प्रतिशत) मत ल्याएको थियो । तर सेनाले उक्त मतपरिणाम स्वीकार गरेन । बरु चुनावमा धाँधली भएको आरोप लगाउँदै शासन सत्ता कब्जा गरी मतपरिणाम बदर गरेको छ भने नेतृ सुचीलाई नजरबन्दमा राखेको छ ।

सरकारले सत्ता कब्जा गरेपछि म्यान्मारमा सरकारविरुद्धको आन्दोलन उग्र बनेर गएको छ । विश्वका विभिन्न मुलुकले म्यान्मारमा भएको पछिल्लो गतिविधीप्रति चिन्ता र चासो व्यक्त गरिरहेका छन् । सेनालाई तत्काल राज्य सत्ता फिर्ता गर्न र आफ्नो कब्जामा नराख्न पनि दबाब बढेको छ ।

तर सरकारविरुद्ध आन्दोलन जारी रहेका बेला सत्ता कब्जा गरेको सेनाले धरपकडलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निषेधाज्ञा तोड्दै मंगलबार प्रदर्शनमा उत्रिएका नागरिकमाथि त्यहाँका सैनिकले रबरका गोली र पानीका फोहरा बर्साएका छन् । त्यस क्रममा आक्रोसित बनेको सेनाले सुचीको पार्टीको मुख्यालयमा तोडफोड गरिदिँदा अवस्था निक्कै तनावग्रस्त बन्यो ।

रबरका गोली लागेर २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । अरु थुप्रै आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यही माघ १९ अर्थात् फेब्रुअरी १ तारिखका दिन त्यहाँको सेनाले आङ सान सुची, राष्ट्रपति, मन्त्रीलगायत सबै प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको हो। त्यसविरुद्ध म्यान्मारी नागरिकले निरन्तर आन्दोलन गरिरेहका हुन्। म्यान्मारमा भइरहेको नागरिक आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायले पनि समर्थन गरिरहेका छन् ।

jackson ribon