birat ribon

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Neuro
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

विराटनगर / सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको ज्यान गएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा मंगलबार राति ८ः५० बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

cura insider

दुर्घटनामा परेर मोटरसाइकल चालक ३० वर्षीय घनश्याम राजधामी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धरानमै उपचार भइरहेको छ । चालकको लापरबाहीले दुर्घटना भएको जानकारी दिँदै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon