birat ribon

सामाजिक सञ्जालमा अंकुश लगाउने सरकारको तयारी

Neuro
सामाजिक सञ्जालमा अंकुश लगाउने सरकारको तयारी

विराटनगर / सरकारले सामाजिक सञ्जाल प्रयोगका सन्दर्शमा अंकुश लगाउने तयारी थालेको छ । सरकारले लगाम लगाएपछि तीन महिनाभित्रमा सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आउनुपर्ने छ ।

Padelux insider
cura insider

विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले समाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ ।

निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ । संसदबाट विधेयक पास हुन नसकेपछि छिद्र बाटो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपनाएको छ । सामाजिक सञ्जालमार्फत गालीगलौज गरे वा गलत आरोप लगाए कारबाही गर्ने छुट्टै कानुन हुँदाहुँदै निर्देशिका बनाउनु सरकार स्वस्थ आलोचनासँग डराएको संकेत भएको पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले बताए । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon