birat ribon

भागरथी हत्या प्रकरण अनुसन्धानमा ‘टेक्निकल’ र ‘म्यानुअल’ विधिको प्रयोग

Neuro
भागरथी हत्या प्रकरण अनुसन्धानमा ‘टेक्निकल’ र ‘म्यानुअल’ विधिको प्रयोग

विराटनगर / बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको छ ।

Padelux insider
cura insider

घटनाको अनुसन्धानलाई जारी राखेको प्रहरीले उनका आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । प्रहरीले केही समयभित्रै घटनामा संलग्न पत्ता लाग्ने बताएको छ । उसले विभिन्न उपायको प्रयोग गरेर अनुसन्धान जारी राखिएका कारण घटनानजिक पुगिसकिएको बताएको छ ।

पुस २१ गते विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । ‘

जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon