birat ribon

१९ दिनपछि तातोपानी नाका सञ्चालनमा

Neuro
१९ दिनपछि तातोपानी नाका सञ्चालनमा

विराटनगर / लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । चीनसँग जोडिएको नाका बन्द भएको १९ दिनपछि सञ्चालनमा आएको हो ।

Padelux insider
cura insider

यो नाका नेपालमा २०७२ वैशाखको भूकम्पपछि नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका छोटो समय खुलेर लामो समयसम्म बन्द हुने क्रम बढेको छ । निर्माणका लागि बन्द भएको नेपाल–चीन बीचको प्रमुख नाका मंगलबारबाट सुचारू भएको हो ।

भूकम्पपछि क्षति पुगेर अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलको पुनर्निर्माणपछि मंगलबारदेखि फेरि सञ्चालनमा आएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । भोटेकोशी बाढीलगायतले पुलमा क्षति गराएका कारण मर्मतका लागि भन्दै नाका १९ दिनदेखि बन्द गरिएको थियो ।

मितेरी पुल पुनर्निर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि नाका बन्द गरेको हो । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले उनले स्याउलगायतका फलफूल नेपालतर्फ भित्र्याउँदै नाका पुनः सञ्चालन भएको बताए ।

२०७२ को भूकम्पपछि अस्थिर रहेको यो नाका पूर्ण रूपले नखुल्दा व्यवसायी मर्कामा परेका छन् । नाका पूर्ण रूपमा खुलाउन व्यवसायीहरूले माग राखेपछि अझै सम्बोधन हुन नसकेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । कोभिड १९ संक्रमणलाई फैलिन नदिन ‘आइसोलेट एरिया’ छुट्याएर परीक्षणमा कडाइ गरेर नाकालाई पूर्ण रूपमा खुलाउनु पर्ने उनले बताए । कारोबार दैनिकमा समाचार छ

jackson ribon