birat ribon

नदीमा फसेका १६ मलामीको उद्धार

Neuro
नदीमा फसेका १६ मलामीको उद्धार

कञ्चनपुर / भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको उद्धार गरिएको छ।

Padelux insider
cura insider

भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युत गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए। नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

भारतले बिना पूर्वसूचना विद्युत गृहको पानी छाडेको बताइएको छ। यस घटनालाई लिएर भारतको आलोचना भएको छ । रासस

jackson ribon