birat ribon

एकै दिन १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

Neuro
एकै दिन १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

विराटनगर / विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये १२ हजारभन्दा बढीको मृत्यु एकै दिनमा भएको छ ।

Padelux insider
cura insider

यो संख्या केही दिनयताकै उच्च हो । विश्वमा केही समययता दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको थिएन । तर पछिल्लो २४ घण्टामा १२ हजार पाँच सय ४७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका हुन् । हालसम्म विश्वमा २३ लाख ४८ हजार छ सय ४५ जना सङ्क्रमितको ज्यान गइसकेको छ ।

एकै दिन विश्वमा तीन लाख ६६ हजार एक सय २० जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या १० करोड ७३ लाख ७५ हजार तीन सय ५४ पुगेको छ । सङ्क्रमितमध्ये सात करोड ९४ लाख १३ हजार छ जना उपचारपछि घर फर्किएका छन् ।

दुई करोड ५६ लाख १३ हजार सात सय तीन जना उपचारकै क्रममा रहेका छन् । उपचाररत सङ्क्रमितमध्ये एक लाख दुई हजार पाँच सय ९६ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटर्सले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन दुई हजार आठ सय ५९ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सङ्ख्या केही दिनयताकै उच्च हो । केही दिनयता अमेरिकामा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या दुई हजारभन्दा बढी नाघेको थिएन । हालसम्म कोरोना सङ्क्रमितमध्ये अमेरिकामा चार लाख ७९ हजार तीन सय ६७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार दुई सय ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या भने केही समययताकै कम हो । यसअघि अमेरिकामा दैनिक एक लाख बढी कोरोना सङ्क्रमित भेटिने गरेका थिए । हालसम्म अमेरिकामा दुई करोड ७७ लाख ८९ हजार आठ सय ७२ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड ७६ लाख १४ हजार ७३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ९६ लाख ९६ हजार चार सय ३२ जनाको उपचार जारी रहेकोमा २१ हजार चार सय ७० जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा दैनिक ज्यान गुमाउने र सङ्क्रमण पुष्टि हुने सङ्ख्या कम हुँदै गइरहेको छ । एक दिनमा ८६ जना सङ्क्रमितको मात्रै मृत्यु भयो । हालसम्म भारतमा ज्यान गुमाउने सङ्ख्या एक लाख ५५ हजार दुई सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार पाँच सय १० जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ५८ हजार तीन सय पुगेको छ । सङ्क्रमितमध्ये एक करोड पाँच लाख ५९ हजार छ सय चार जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर सामान्य जीवनमा फर्किएका छन् ।

भारतमा अहिले एक लाख ४३ हजार चार सय १६ जना सङ्क्रमितको उपचार चलिरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार तीन सय ४० जना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्ख्या दुई लाख ३३ हजार पाँच सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१ हजार सात सय ३३ जना नयाँ बिरामी थपिए । हालसम्म ब्राजिलमा ९६ लाख दुई हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये ८५ लाख २३ हजार चार सय ६२ जना उपचारपछि निको भएका छन् । आठ लाख ४४ हजार नौ सय ८४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon