विराटनगर / क्याटलान सरकारको स्वास्थ्य विभागले बार्सिलोनाको खेल मैदान क्याप नोउलाई कोरोना भाइरस खोप केन्द्र बनाउन प्रस्ताव गरेको छ ।
स्वास्थ्य विभाग प्रमुख जोसेप मारिया अर्गिमनले क्याप नोउलाई अस्थायी रूपमा क्षेत्रीय खोप केन्द्र बनाउन बार्सिलोेनासँग प्रस्ताव गरेको बताइएको छ ।
क्याटलान सरकारले कोरोना खोप केन्द्र बनाउनका लागि ठूलो क्षेत्रफल भएको स्थानको खोजी गरिरहेको र क्याप नोउ नै सही विकल्प भएको जनाएको छ । यसअघि अमेरिकाले पनि न्यूयोर्कस्थित यान्की स्टेडियमलाई खोप केन्द्र बनाएको थियो ।