birat ribon

निर्धारित समयमै निर्वाचन : मन्त्री गुरुङ

Neuro
निर्धारित समयमै निर्वाचन : मन्त्री गुरुङ

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्धारित मितिमा नै निर्वाचन हुने बताएका छन् । मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।

Padelux insider
cura insider

तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषद्को बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरिसकेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने उनले बताए ।

मन्त्रि गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारिक भएको दाबी गरे । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई नबुझिकन दाबी गरेको उनको भनाइ छ ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई मात्रै चिनेको भन्दै उनले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए । ओली नेतृत्वको पार्टी नै आधिकारिक पार्टी हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

jackson ribon