birat ribon

ब्रेथवेट, पियानिक र डेस्ट सेभिल्लाविरुद्ध खेल्ने बार्सिलोनाको टोलीबाहिर

Neuro
ब्रेथवेट, पियानिक र डेस्ट सेभिल्लाविरुद्ध खेल्ने बार्सिलोनाको टोलीबाहिर

विराटनगर / बार्सिलोनाले स्पेनिस कोपा डेल रेअन्तर्गत सेभिल्लाविरुद्ध खेल्ने टोली घोषणा गरेको छ । मङ्गलबार बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले सेभिल्लासँग खेल्ने टोली घोषणा गरेका हुन् ।

Padelux insider
cura insider

बार्सिलोनाले बुधबार राति कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगअन्तर्गत सेभिल्लाको सामना गर्दैछ । सेभिल्लाको मैदानमा हुने उक्त खेलका लागि बार्सिलोनाले टोली घोषणा गरेको हो । सो टोलीमा मार्टिन ब्रेथवेट, मिरालेम पियानिक र सर्जियो डेस्ट समावेश छैनन् ।

चोटका कारण तीनै खेलाडी टोलीमा हुनेछैनन् । कोइम्यानले इलाइक्स मोरिया, एलेक्स कोलार्ड र कोन्राड डी ला फ्लुयन्टेलाई टोलीमा समावेश गरेका छन् । उनीहरूले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्दैछन् ।

jackson ribon