birat ribon

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो सात अर्ब

Neuro
अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो सात अर्ब

काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले माग गरेबमोजिमको बजेटको स्रोतको सुनिश्चितता गरेको बताएका छन् ।

Padelux insider
cura insider

मङ्गलबार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले हाललाई निर्वाचन आयोगले माग गरेअनुसारको करिब ७ अर्ब रकमको स्रोत सुनिश्चित गर्ने निर्णयमा आफूले मङ्गलबार हस्ताक्षर गरेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले निर्वाचन खर्चका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेर थप अन्य स्रोतको व्यवस्था गरिने बताए । यस्तै उनले एमसिसीको अनुमोदनको विषय निर्वाचनपछि नयाँ संसद् गठनसँगै अघि बढ्ने पनि उल्लेख गरे ।

jackson ribon