birat ribon

भागरथी हत्या प्रकरण : न्याय माग्दै अछाममा प्रदर्शन

Neuro
भागरथी हत्या प्रकरण : न्याय माग्दै अछाममा प्रदर्शन

अछाम / बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि मङ्गलबार अछाममा विद्यार्थीले प्रदर्शन गरेका छन् । सदरमुकाम मङ्कलसेनसहित विभिन्न स्थानमा विद्यार्थी तथा स्थानीयले पीडित पक्षलाई न्याय दिलाउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

Padelux insider
cura insider

प्रदर्शनका क्रममा उनीहरूले बलात्कारपछि भागीरथीको निर्मम हत्या भएको भन्दै तत्काल घटनाको छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् । अछामको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पस हुँदै बजारमा भएको प्रदर्शनमा सामाजिक अभियन्ता तथा विद्यार्थीले ‘शान्ति सुरक्षा कायम गर, हत्यारालाई फाँसी दे, संविधानमा टाँसी दे’ जस्ता नारा लगाएका थिए ।

jackson ribon