birat ribon

सुनिएजस्तै सेटिङअनुसार अदालत र निर्वाचन आयोगको निर्णय आए मुलुक ठूलो राजनीतिक भुमरीमा फस्छ : प्रचण्ड

Neuro
सुनिएजस्तै सेटिङअनुसार अदालत र निर्वाचन आयोगको निर्णय आए मुलुक ठूलो राजनीतिक भुमरीमा फस्छ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएमा नेपालको राजनीति ठूलो भुमरीमा फस्ने बताएका छन् ।

Padelux insider
cura insider

नेपालबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाडौँमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिए । यद्यपि आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संविधानभन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरूले गम्भीर रूपमा विचार गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदमअनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने तर्क गरे ।

‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भुमरीमा पर्छ । असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले संविधान मिचिइसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंवैधानिक र अवैधानिक नै हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने ठान्नुभएको छ भने त्यो निकै ठूलो भ्रम हो । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढङ्गले सोच्छौँ ।’

निर्वाचनलाई आफूहरूले सहज ढङ्गले लिनसक्ने स्थिति नहुने उनले बताए । ‘नैतिक रूपले अनि राजनीतिक रूपमा निकै ठूलो प्रश्न खडा हुन्छ,’ उनले भने, ‘हामी निर्वाचन विरोधी होइनौँ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबर्जस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने नै हुन्छ ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैँ प्रतिगमन गरेर आफँैले प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग गरेर प्रतिस्पर्धामा उत्रिएको दाबी गरे ।

प्रधानमन्त्रीले निरङ्क’श ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने प्रचण्डले ठोकुवा गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुहदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए ।

‘यसबीचमा हाम्रो अलग–अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनहरूसँग पनि कुरा भइरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौँ,’ उनले भने । उनले आवश्यकताअनुसार सामूहिक भेटघाटको पनि आयोजना गर्न सकिने सङ्केत गरे ।

jackson ribon