birat ribon

हिन्दु राष्ट्र नभई प्रजातन्त्रको जग बलियो हुन्न : पशुपतिशमशेर राणा

Neuro
हिन्दु राष्ट्र नभई प्रजातन्त्रको जग बलियो हुन्न : पशुपतिशमशेर राणा

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभई नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताएका छन् ।

Padelux insider
cura insider

मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित ‘चुनाव चिह्न अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’मा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताए ।

उनले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए । कम्युनिस्ट र काङ्ग्रेस असफल भएको भन्दै उनले यसबेलामा आन्दोलनमा उत्रिए आफूहरूको मुद्दाले प्राथमिकता पाउने जिकिर गरे ।
अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनका निम्ति कम्युनिस्टलाई जनादेश दिइएको भए पनि तीन वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए । पार्टी सङ्गठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफूहरूलाई मौका आएको पनि उनको भनाइ छ ।

त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीका तीनैजना अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गीतालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाइ छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौँ कार्यकर्ताको भविष्य अन्धकार बनेको बताए ।

आफ्नो पिँढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उनले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने उनको भनाइ छ । अध्यक्ष थापाले केही वर्षभित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुनःथापना गराउने दाबी पनि गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभूति आफ्नो पार्टीसँग रहेको दाबी गरे । जनता काङ्ग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफूहरू सक्षम भए जनताले साथ दिने बताए ।

अध्यक्ष लोहनीले नेतृत्त्वमा जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति छ पार्टीको सफलत त्यसैभा निर्भर गर्ने बताए ।

jackson ribon