birat ribon

‘कोभिडसोम्निया’ अनुभव गर्ने मानिसको सङ्ख्या बढ्दो

Neuro
‘कोभिडसोम्निया’ अनुभव गर्ने मानिसको सङ्ख्या बढ्दो

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको महामारीले निम्त्याएको तनावपूर्ण जीवनका कारण विश्वभरका मानिस अनिद्राको समस्या सामना गरिरहेका छन् ।

Padelux insider
cura insider

केही विज्ञहरूले कोरोना भाइरसका कारण उत्पन्न भएको अनिद्रालाई ‘कोरोनासोम्निया’ वा ‘कोभिडसोम्निया’ भन्न थालेका छन् । अनिद्रा शब्द गुगलमा सन् २०२० मा जति धेरैपटक यसअघि कहिल्यै पनि खोजिएको थिएन । बेलायतका सन् २०२० को अगस्टमा युनिभर्सिटी अफ साउथ ह्याम्टमले गरेको एक अध्ययनले अनिद्रा अनुभव गर्ने मानिसहरूको सङ्ख्या बढेको देखाएको छ ।

पहिले प्रत्येक ६ जनामध्ये एकमा अनिद्राको समस्या हुने गरेको थियो भने यतिबेला त्यो बढेर प्रत्येक चार जनामध्ये एकमा अनिन्द्राको समस्या पाइन थालेको छ । स्वास्थ्यकर्मी, आमा, अत्यावश्यक सेवामा काम गर्ने मानिस, अश्वेत, एसियाली तथा अल्पसङ्ख्यक आदिवासी समुदायमा अनिद्राको समस्या बढेको अध्ययनले देखिएको हो ।

चीनमा लकडाउनको उत्कर्षमा अनिद्राको दर १४.६ प्रतिशतबाट बढेर २० प्रतिशतसम्म पुगेको थियो । त्यस्तै, मे महिनामा इटली र ग्रिसमा गरिएको अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशतमा अनिद्राको समस्या देखिएको थियो । उनीहरूलाई औषधि उपचारको आवश्यकता नै पर्ने गरी अनिद्राको समस्या चिन्ताजनक अवस्थामा देखिएको थियो ।

कोरोनासोम्नियाबारे लेखेकी तथा अनिद्राको समस्या झेलेका थुप्रै बिरामीको उपचार गरेकी क्यालिफोर्निया विश्वविद्यालयकी स्वास्थ्य प्राध्यापक एङ्गेला ड्राकीका अनुसार लकडाउनको समयमा घरबाट काम गर्दा तालिकामा परिवर्तन हुने, शरीरलाई कम व्यायाम हुने र प्राकृतिकरूपमा प्राप्त हुने प्रकाश शरीरले पाउँदैन । यी सबै कुराले निद्रामा नकारात्मक असर पुर्‍याउँछ ।

साथै महामारीका कारण संसारमा बेरोजगारी दर बढेको हुँदा, जागिर बचेकाले पनि काममा निकै जोड गरिरहनुपर्दा, ढिलोसम्म काम गर्दा, सोखहरू ओझेलमा परेको कारण, साथीहरू भेट्ने, जमघट गरेर तनाव कम गर्ने काममा समेत कमी आएको, भविष्य अझै अनिश्चित हुँदा तथा सामना गरिरहेका अन्य मानसिक समस्याले समेत निद्रामा समस्या पैसा गरिरहेको छ ।

लगातार निदाउन नसक्नु वा निदाइहाले पनि मन शान्त नहुने समस्याले दीर्घकालीन रूपमा मोटोपना, तनाव, डिप्रेसन, मुटुसम्बन्धी रोग तथा मधुमेहको समस्या निम्त्याउन सक्छ । रातमा सात घण्टाभन्दा कम सुत्ने तथा निद्रा नपुग्नाले काममा असर पार्छ । कैयौँ अध्ययनहरूका अनुसार निद्रा नपुगेकै कारण काममा गल्ती हुने सम्भावना उच्च हुने, एकाग्रता नहुने, छिट्टै झर्किने र मनस्थिति फेरिइरहने समस्या हुन्छ ।

jackson ribon