काठमाडौँ / सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ३० गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएकाे हो ।