काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकालाई हराएको छ ।
मङ्गलबार भएको खेलमा पुलिसले विराटनगरलाई ३–० गोलले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जिताउन निरु थापाले दुई गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन् ।
यससँगै पुलिसले ११ अङ्क जोडेको छ । विराटनगरसँग १० अङ्क छ ।