birat ribon

तौल बढ्ने चिन्ताविना यी पाँच खानाको सेवन गर्न सकिने

Neuro
तौल बढ्ने चिन्ताविना यी पाँच खानाको सेवन गर्न सकिने

विराटनगर / बढी खाने बानी स्वास्थ्यका लागि कहिल्यै पनि राम्रो मानिँदैन ।

Padelux insider
cura insider

विशेषगरी तौल घटाउने वा नियन्त्रण गरिरहेकाहरूले केही पनि खानालाई अत्यधिक मात्रामा खान नहुने बताइन्छ । दिनभरि सेवन गर्ने अत्यधिक क्यालरी शरीरमा बोसोको रूपमा भण्डार हुन्छन् । जसकारण के र कति मात्रामा खाइरहेको कुरालाई ध्यानमा राख्न महत्त्वपूर्ण हुन्छ । तर, केही खानालाई तौल बढ्ने चिन्ता नलिई सेवन गर्न सकिन्छ ।

फाइबरले भरिएका ती पाँच खानामा क्यालरीको मात्रा निकै कम हुन्छ जसलाई खाएपछि पेट भरेकोजस्तो महसुस हुन्छ । ती खाना पोषक तत्वहरूले भरिएका हुन्छन् जसले आन्तरिक प्रणालीलाई काममा राख्न र शरीरको अनावश्यक तौललाई घटाउन मद्दत गर्न सक्छन् ।

गाँजर : गाँजर भिटामिन एको एक समृद्ध स्रोत हो, जुन स्वस्थ आँखा र दृष्टिका लागि महत्त्वपूर्ण पोषक तत्व हो । प्रशस्त मात्रामा पोषक तत्व तथा फाइबरले भरिएको गाँजरमा क्यालरीको मात्रा कम हुन्छ जसले स्वस्थ तौललाई कायम राख्न मद्दत गर्छ । तौल घटाउन चाहनेहरूका लागि गाँजर निकै उपयुक्त हुन्छ ।

साग : साग अहिलेको मौसमको लोकप्रिय तरकारी हो । हरियो सागमा आइरन, जिंक, म्याग्निसियम, भिटामिन के, भिटामिन ए प्रशस्त मात्रामा हुन्छ । यसमा क्यालरीको मात्रा कम भए पनि यसको सेवनले पेट भरिरहेको महसुस गराउँछ । प्रतिरोधात्मक क्षमता बढाउन, छाला तथा कपाललाई स्वस्थ राख्न र होमोग्लोबिन बनाउनका लागि सागको सेवनले मद्दत गर्न सक्छ ।

मुङ दाल : मुङ दालमा फाइबर र प्रोटिनको मात्रा धेरै हुन्छ, जसकारण यसलाई तौल घटाउनका लागि उपयुक्त मानिन्छ । यसमा फोलेट, म्यागनिज, भिटामिन बी १, फस्फोरस, आइरन, तामा, पोटेसियम र जिङ्क पनि हुन्छ जुन छाला, पाचन प्रणाली र अन्य दीर्घकालीन रोगहरूका लागि पनि फाइदाजनक हुन्छ ।

पपकर्न : पपकर्न अर्थात् भुटेको मकैले पनि तौल घटाउन सहयोग पुर्‍याउँछ । पपकोर्नको प्रति कपमा केवल ३० क्यालोरी हुन्छ । यो पोलिफेनोल र एन्टिअक्सिडन्टले भरिएको हुन्छ जसले सुजन कम गर्न मद्दत गर्छ । यसमा भएको फाइबरले क्यान्सरयुक्त सेलको विकासलाई रोक्नुका साथै पाचन प्रणालीलाई सुधार गरी कब्जियत हुनबाट रोक्न सक्छ ।

स्याउ : स्याउले धेरै तरिकाले तौल घटाउन सहयोग गर्छ । यसको सेवनले पेट भरेको महसुस गराउँछ, चिनीको तृष्णालाई रोक्नुका साथै स्याउको गन्धले भोकलाई समेत रोक्न सक्छ । स्याउमा भिटामिन सी, भिटामिन के र पोटासियम जस्ता मुख्य पोषक तत्व हुन्छन् जस्तै मेटाबोलिजम बढाउन र तौल घटाउने प्रक्रियालाई सहयोग पुर्‍याउन सक्छ ।

jackson ribon