विराटनगर । देशभर मङ्गलबार थप एक सय ६० कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ६० जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइर सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।
यस्तै आज एक सय ६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ ।
हाल एक हजार सात सय ३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ४७ पुगेको छ ।