birat ribon

कृषिमा आत्मनिर्भर बन्दै मोरङको जहदा

Neuro
कृषिमा आत्मनिर्भर बन्दै मोरङको जहदा

मोहन ढकाल विराटनगर / मोरङको जहदा कृषिमा आत्मनिर्भर बन्दै गएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका ६५ प्रतिशत मानिस अहिले कृषि पेसामा आबद्ध छन् ।

Padelux insider
cura insider

जहदाका सातवटा वडामा धान, मकै, च्याउ, उखुलगायत विभिन्न तरकारी साथै नगदेबालीकोे खेती हुँदै आएको छ । जसमध्ये वडा नं. ४ लाई तरकारी र वडा नं. ७ लाई मकै जोनका रूपमा विकास गरिएको छ ।

गाउँपालिकाले कृषकका लागि अनुदानमा विभिन्न सामग्री वितरण गर्दै आएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषकलाई च्याप्कटर ४२ थान, मकै थ्रेसर २५ थान र पानी तान्ने मोटर ९० थान वितरण गरेको गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए । गाउँपालिकाले कृषिका लागि वार्षिक ढेड करोडसम्म बजेट छुट्याउने गरेको अध्यक्ष मण्डलको भनाइ छ ।

गत वर्ष मकै उत्पादन धेरै भए पनि मूल्य नपाउँदा कृषक मारमा परेको भन्दै मण्डलले कृषकले उत्पादन गरेका सामग्रीको भण्डारण गर्न कोल्ड स्टोरको आवश्यकता भएको बताए । यसका लागि प्रदेश सरकारसँग पहल गरिरहेको पनि उनले बताए । जहदाका कृषक सिँचाइको सही प्रबन्ध नहुँदा समस्यामा परेको भन्दै मण्डलले भने, ‘सिँचाइका लागि नहरको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारले ध्यान दिनु जरुरी छ ।’

कृषिमा आत्मनिर्भर भए पनि सिँचाइको सुविधा नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । यसैगरी, समयमा मल नपाउँदा मिहिनेत मात्र खेर जाने गरेको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेका उत्पादनलाई भण्डारण गर्ने ठाउँ नहुँदा बर्सेनि कुहिएर खेर जाने गरेको छ । कृषकले उत्पादन गरेका उत्पादन खेर जान नदिन गाउँपालिकाले सङ्कलन केन्द्र र भण्डारणका लागि कोल्ड स्टोरको व्यवस्थापन गर्ने योजना बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए ।

अहिलेसम्म गाउँपालिकाले कृषि गणना नगरेको बताउँदै घिमिरेले भने, ‘साना कृषक खाद्यन्नमा आत्मनिर्भर भएको र व्यावसायिक हिसाबले कृषि पेसा गर्दै आएका कृषकले बचत गर्न सक्ने क्षमता बनाएका छन् ।’ भारतीय बजार नजिकै भएकाले यस क्षेत्रको उत्पादन बढाएर निर्यात गर्न सक्नेगरी योजना अगाडि बढाउने उनले बताए । यस क्षेत्रमा सिँचाइको समस्या भएको भन्दै घिमिरेले भने, ‘सिँचाइ सुविधा विस्तार गर्न पहल भइरहेको छ ।’

वास्तविक कृषकले अनुदानका सामग्री नपाएको गुनासो

गाउँपालिकाले वितरण गरेको अनुदानका सामग्रीप्रति कृषकहरू नै असन्तुष्ट देखिएका छन् । गाउँपालिकाले वास्तविक कृषकसम्म अनुदानका सामग्री पु¥याउन नसकेको कृषकको भनाइ छ । प्रायः कृषकलाई त अनुदानका सामान अएको भन्ने नै थाहा हुँदैन । गाउँपालिकाले सबैसम्म सूचनासमेत पु¥याउन सकेको देखिँदैन । कृषक सैफुल अन्सारीले भने, ‘गाउँपालिकाले वितरण गर्ने अनुदानका सामान बारेमा केही थाहा छैन्, अहिलेसम्म कसैले जानकारीसमेत दिएको छैन ।’

अर्का कृषक विष्णु मण्डलले गाउँपालिकाले आफ्ना कार्यकर्ता र नातागोतालाई मात्र अनुदानका सामग्री वितरण गर्ने गरेको गुनासो गरे । उनी मात्र होइन अधिकांश कृषकको गुनासो यस्तै छ । कृषि पेसामा आबद्ध नभएको व्यक्तिलाई गाउँपालिकाले अनुदानका सामग्री वितरण गर्ने गरेको उनीहरूको भनाइ छ । अनुदानमा आएको सामग्री कृषि कर्म नगर्ने व्यक्तिलाई वितरण गरेर त्यही सामग्री फेरि मिलेमतोमा महँगोमा बेच्ने गरेको किसानको आरोप छ ।

jackson ribon